जनकपुरधाम । मधेस प्रदेशमा जारी राष्ट्रियसभा सदस्य निर्वाचनमा दिउँसो १ बजेसम्म कुल २९४ जनाले मतदान गरेका छन्।
निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा सदस्यतर्फ ९३ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २०१ जनाले मतदान गरेका छन्। प्रदेशसभा सदस्यतर्फ मतदान गर्नेमा ३८ जना महिला र ५५ जना पुरुष रहेका छन्।
त्यस्तै, स्थानीय तहतर्फ १०२ जना महिला र ९९ जना पुरुषले मतदान गरेका छन्। यसैबीच, मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले पनि मतदान गरेका छन्।








