रौतहट, २९ माघ ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले रौतहट क्षेत्र नं ४ का उम्मेदवार रामजी साह चन्द्रपुर–२ जुडिबेलामा घरदैलो अभियानमा व्यस्त छन् । स्थानीय बस्तीमा घर–घर पुग्दै साहले मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् ।
घरदैलोका क्रममा उनले मतदाताले उठाइरहेका दैनिक समस्या, विकासका आवश्यकता र सामाजिक मुद्दाबारे छलफल गर्दै आगामी कार्ययोजनाका मुख्य एजेन्डा प्रस्तुत गरे । साहले स्थानीयको समस्या सुन्दै रोजगारी सिर्जना, दिगो विकास र भूमिहीन नागरिकको दीर्घकालीन समाधान आफ्नो प्राथमिकता हुने उल्लेख गरे ।
रोजगारी र आर्थिक अवसरलाई पहिलो प्राथमिकता
साहले युवाहरूमाझ बढ्दो बेरोजगारी चिन्ताको विषय भएको उल्लेख गर्दै क्षेत्रभित्रै सीपमूलक कार्यक्रम, साना उद्योग प्रवर्द्धन, कृषि–व्यवसाय आधुनिकीकरण तथा नयाँ आर्थिक अवसर सिर्जना गर्ने योजनाको खाका प्रस्तुत गरे ।
उनका अनुसार रोजगारीका अवसरलाई व्यवस्थित रूपमा विस्तार गर्न स्थानीय सरकार, निजी क्षेत्र र संघीय योजनाबीच सहकार्य आवश्यक छ ।
पूर्वाधार र स्थानीय विकासलाई निरन्तरता
घरतिर पुगेका साहले क्षेत्रका सडक, पानी, सिंचाइ, स्वास्थ्य सेवा, विद्युत् र विद्यालय सुधारलाई अगाडि बढाउनु आवश्यक रहेको बताए । उनले चन्द्रपुर र आसपासका बस्तीमा कच्ची सडक पक्कीकरण, स्वास्थ्य केन्द्र सुदृढीकरण, किसानका लागि सहज बजार पहुँच लगायतका योजनाहरू निर्वाचनपछि प्राथमिकतामा रहने बताए ।
भूमिहीन र विपन्नका मुद्दा उठान
स्थानीय भूमिहीन परिवारसँग भेटघाट गर्दै साहले भूमिमा अधिकार नपाएको समस्यालाई “दीर्घकालीन सामाजिक न्यायको मुद्दा” भन्दै यसलाई व्यवस्थित समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नक्शांकन, कित्ताकाट, सुरक्षित बासस्थान तथा आवश्यक कानुनी प्रक्रियालाई अघि बढाएर भूमिहीनको समस्या टुंग्याइने बताए ।
सूर्य चिन्हमा मतदानको आग्रह
घरतिरको भेटघाटका क्रममा साहले आफ्ना कुरा राख्दै नेकपा एमालेको सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे । तर उनले मतदान केवल








