रौतहट ४, फागुन — निर्वाचन आयोग ले आजदेखि आचारसंहिता भित्र रहेर चुनावी प्रचारप्रसार खुला गरेसँगै रौतहट क्षेत्रमा दलहरूले आफ्नो अभियानलाई तीव्र बनाएका छन्।
रौतहट क्षेत्र नम्बर ४ मा नेकपा एमाले ले चन्द्रनिगाहपुरस्थित अशोका होटल मा क्षेत्रीय भेला आयोजना गर्ने भएको छ। भेला सम्पन्न भएपछि एमालेले चन्द्रपुर नगरपालिका–४ मा घर–दैलो कार्यक्रम सञ्चालन गर्ने सचिव बाबुराम दाहाल ले जानकारी दिएका छन्।
अन्य राजनीतिक दलहरूले पनि आजदेखि आफ्नो चुनावी अभियानलाई सक्रिय रूपमा अघि बढाउने तयारी गरेको जनाएको छ।








