रौतहट,४ फागुन । चन्द्रपुर मा अवैध लागूपदार्थ ब्रा’उन सुगर सहित ४ जना पक्राऊ परेका छन्। पक्राऊ पर्नेहरूमा चन्द्रपुर–१ बागमतीका ३२ वर्षीय तुलबहादुर लामा, उदयपुर गाईघाट घर भई चन्द्रपुर–४ गणेशचोक बस्दै आएकी २३ वर्षीया प्रिया तामाङ, चन्द्रपुर–४ का ३५ वर्षीय राज बलम पाख्रिन मगर, र चन्द्रपुर–४ कै २९ वर्षीय प्रशान्त तामाङ रहेका छन्।
प्रहरीले उनीहरूबाट ब्राउन सुगर सेवन तथा तौल गर्ने सामग्रीसहित २४० मिलीग्राम लागूपदार्थ बरामद गरेको जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर का प्रमुख प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्ग ले जानकारी दिनुभएको हो।