अशोक पहाडी
रौतहट२१ फागुन । नेपाली कम्युनिस्ट पार्टी का सह संयोजक माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १”को घोरबाट मतदान गरेका छन्। माधव कुमार नेपाल नेतृत्व रहेको दल नेपाली कम्युनिस्ट पार्टी का सह–संयोजक नेपालले आज रौतहटको गौर नगरपालिका वडा नं. २ मा रहेको मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गरेका छन्।
नेपालले रामजानकी कन्या आधारभूत विद्यालय मा स्थापना गरिएको मतदान केन्द्रमा पुगेर बिहानै मतदान गरेका हुन्। मतदानका क्रममा सुरक्षाकर्मी एवं जनप्रतिनिधिहरूको उपस्थिति उल्लेख्य थियो। निर्वाचनका लागि स्थानीय मतदातामा उत्साह देखिएको छ भने मतदान केन्द्र वरपर सुरक्षा व्यवस्था कडा बनाइएको थियो।
मतदान पश्चात् नेपालले लोकतान्त्रिक प्रक्रियामा नागरिकको सक्रिय सहभागिता अत्यन्त महत्वपूर्ण रहने उल्लेख गर्दै शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सम्पन्न हुने अपेक्षा व्यक्त गरेका छन्। रौतहटका विभिन्न मतदान केन्द्रमा पनि मतदाताको उपस्थितिले निर्वाचनको माहोल उत्साहित देखिएको छ।








