श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।
उनले सुनिता खड्का नामकी महिलाविरुद्ध कडा कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन्। साम्पाङका अनुसार ती महिलाले फेसबुक र टिकटकमार्फत् आफू र आफ्नो परिवारलाई गालीगलौजसहित ज्यान मार्ने धम्की दिएकी छन्।
साम्पाङले ती महिला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक रहेको दाबी गरेका छन्।
प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले यसअघि पनि रास्वपा समर्थकहरूबाट ज्यान मार्ने धम्की आएको भन्दै सामाजिक सञ्जालमार्फत् प्रहरीको ध्यानाकर्षण गराएका थिए।








