चन्द्रपुर,२४ असार / रौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखामा कर्मचारीले मनलाग्दी तरिकाले कम गर्दा वास्तबीक किसानहरुले सेवा पाउन सकेका छैनन । यति मात्र नभएर चन्द्रपुर नगरपालिकाले किसानहरुको आर्थिक स्तर बृद्धि गर्ने उदेश्यले अनुदानमा ल्याएको कृषि समाग्री बितरणमा समेत मनलाग्दी गरेको पाइएको छ । सो कार्यालयका प्रमुख उमेश चौधरीले किसानहरुलाइ दिइने मोटर तथा स्प्रे टंकीमा समेत आफनो मनलाग्दी किसिमले बितरण गरेको पाइएको छ । चन्द्रपुर नगरपालिका वाड नंं.२ जुडिबेलाको पशुपति कृषक समुहलाइ उपलब्ध गराएको समान समेत ति कार्यालय प्रमुख चौधरीले फिर्ता गराएका छन । पशुपति कृषक समुह चन्द्रपुर (२ का अध्यक्ष टिका बहादुर आचार्यलाइ सो समुहको नाममा आएको २ हर्ष पावरको मोटरको १५ प्रतिशत रकम भुक्तानी गरेर लैजाने क्रममा निज चौधरीले फिर्ता गराएका हुन । २ हर्ष पावरको मोटर छोडेर १ हर्ष पावरको मोटर लैजान कृषि प्रमुख चौधरीले भनेको अध्यक्ष आचार्यले बताए । चन्द्रपुर नगरपालिकाले किसानहरुको आर्थिक स्तर बृद्धि गर्ने लक्ष्यले करिब ११ लाख ६० हजारको कृषि सामाग्री उपलब्ध गराएको थियो । १ हर्ष पावरको १५ थान २ हर्ष पावरको १० थान,३ हर्ष पावरको १० थान र ४० वटा स्प्रे टंकी किनेर कृषि शाखालाइ बितरण गर्ने जिम्मा दिएको थियो । तर कर्मचारीले पत्र पत्रिकमा मा नै सुचना नलिकाली मन लाग्दी तरिकाले बितरण गरेको किसानहरुको आरोप छ ।
पैसा दियो रसिद छैन
सो कृषि कार्यालयले मौखिक रुपमा भन्दै पैसा असुल्दै आएको छ । समान लिन आएका कृषिकहरुलाई १५ प्रतिसत रकम चाहियो भन्दै पैसा लिने गरेको तर रसिद नदिने गरेको पाइएको छ । सोही कार्यालयमा कार्यरत महिला कर्मचारीले पहिले देखि नै यस्तै गरेको र कसैलाइ पनि रसिद नदिएको बताइन । समान बुझेको भर्पाइ गराउन सक्नेले रसिद दिन नसक्नु गलत कार्य भएको सोही कार्यालयमा समान लिन आएका एक कृषकले बताए । सो कार्यालयले १ हर्ष पावरको २ हजार ४ सय,२ हर्ष पावरको ३ हजार ३ सय र एउटा स्प्रे टंकीको १ हजार २ सय पचास रुपैया पैसा लिदै आइरहेको छ । सार्वजनिक सुचना नै ननिकाली ११ लाख ६० हजारको समान खरिद
चन्द्रपुर नगरपालिका कृषि शाखाले सार्वजनिक रुपमा सुचना ननिकालीकन लाखौको समान खरिद गरेको छ । १० लाख भन्दा बढीको समान खरिद गर्दा स्थानिय पत्रपत्रिकामा सुचना प्रकाशन गर्नु पर्ने प्राबधान भएतापनि सो कार्यालय सुचना नै ननिकाली ११ लाख ६० हजार मुल्यको समान खरिद गरेको छ । सो शाखाले १ हर्ष पावरको १५ थान १६ हजारको दरले ,२ हर्ष पावरको १० थान २२ हजारको दरले,३ हर्ष पावरको १० थान ५० हजारको दरले र ४० थान स्प्रे टंकी ५ हजारको दरले खरिद गरेको छ । समान खरिदमा समेत अनियमिता भएको आशंका स्थानियको भनाइ रहेको छ ।