सर्लाही,२५ असार / बालिकाको मृत्युपछि अस्पताल उपचारका क्रममा एक बालिकाको मृत्यु भएपछि लालबन्दी–१ नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा तोडफोड भएको छ । सर्पले डसेपछि उपचारका लागि ल्याइएकी हरिवन नगरपालिका–९ का पुष्कर बुढाथोकीकी अढाई वर्षीया छोरी सम्पदाको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले राति नै अस्पतालमा तोडफोड गरेका हुन् । तोडफोडबाट उपचार केन्द्रका उपकरणमा क्षति पुगेको छ । बालिकको मृत्युपछि तनावग्रस्त बनेको अस्पताल परिसरमा जनप्रतिनिधि र सुरक्षा अधिकारीले सम्झाइबुझाइ गरी मध्यरातमा शव आफन्तलाई बुझेका थिए । नवलपुर सर्पदंश उपचार केन्द्रले भर्खरै मात्र भेन्टिलेटर र आइसियु सञ्चालनमा ल्याएको छ ।