गौर,२ साउन ।
रौतहट जिल्लाको गरुडा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले भएको कामको मात्र मुल्यांकनगरि भुक्तानी दिए पछि नगर प्रमुख इनु राय यादव सहित केही कर्मचारी र जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत बिरुद्ध खनिएका छन् ।
प्रमुख प्रसासकिय अधिकृत पन्थीले आर्थिक वर्ष २०७५र२०७६ मा सम्पन्न सम्पूर्ण योजनाको नगर उपप्रमुख रंगीलादेवी जयसवाल संयोजक रहेको अनुगमन समितिबाट अन्तिम मुल्यांकन गरेरमात्र भुक्तानी दिए पछि नगर प्रमुख सहित केहीलाई सो सिस्टम अपच भएपछि उनीहरुको विरुद्धमा खनिएको खुलासा भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत पन्थीका अनुसार आफुलाई मन्त्रालयले भ्रस्टाचार गर्न नभई समृद्ध गरुडा बनाउन पठाएको र आफु सुशासन, विधिको शासन, कानुनी राज्यको प्रत्याभूतिकोलागि सरकारी सेवामा प्रवेश गरे देखि लागि परेकोले आफु रहुन्जेल गरुडामा भ्रस्टाचार हुन नदिने बताएपछि सो विरोध सुरु गरेको जनाए । प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई गत सोमबार बेलुका नगरप्रमुख यादवले आफ्नो कार्यकक्षमा आफ्नो योजनाको भुक्तानी नभए कुनै पनि योजनाको भुक्तानी हुन नदिने भने पछि कार्यालय परिसर तनाबग्रस्त भएको थियो ।
नगर प्रमुख यादव मर्यादित भए पनि उनका छोरा अनिल यादव, भतिजाहरु चुनचुन यादव, नबिन यादव, रामसिंह यादव तथा उनका ज्वाई कामेश्वर यादव प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई घेराहालेर जबर जस्ती हुदै नभएको कामको भुक्तानीको लागि धम्कीपूर्ण भाषा प्रयोग गरेको प्रत्यक्षदर्शीले सो कुरा बाहिर ल्याएका हुन । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ठुलो घेरा रहेको सो नगरपालिकामा नगर प्रमुखका छोराले प्रमुख प्रशासकीय अधिकृत पन्थीलाइ सरकारी रकम तथा जनताको करको रकमको सोझै दुरुपयोग गर्न कुनै कसर बाँकी राखेका थिएनन । पत्रकारहरुको समेत बाक्लो उपस्थितिमा नगर उपप्रमुख जयसवाल तथा प्रमुख प्रशासकीय अधिकृत पन्थी चिन्तित एबम तनाबपूर्ण मुद्रामा छन । प्रस्तुत भएका थिए । अवस्था छैन । यस सन्दर्भमा फोरमका नेता एव प्रदेश नंं. दुईका प्रदेश कमिटी सद्स्य बृज यादबले खरिदार अनिल यादब माथी लागेको आरोप निराधार रहेको बताएकाछन् । चुन्चुन यादब र नवीन यादब सहितका केहिले कार्यालयमा भैरहेको अबैध भुक्तानी रोक्न निवेदन दर्ता गराउन जादा तिनीहरुसंग उपप्रमुख साथै अधिकृत पन्थीको सामान्य भनसुन भएको दाबी गरेका छन ।

सामन्य बिबादलाइ ठुलो इस्सु नबनाइ कार्यालयको काम काज प्रभावित नगर्न सबैलाई आग्रह गरे । असार अन्तिममा आएर भएको यो विवादले नगरको कामकाज प्रभावीत भएको छ । जनप्रतिनिधी र अधिकृत बिच तालमेल बिग्रिदा स्थानीयहरु कार्यालय आएर फर्कने क्रम बढेको छ ।