अशोक पहाडी
रौतहट,१५ साउन ।
अज्ञात समुहले रौतहटको चन्द्रपुर नगरपालिकाको ३ नम्बर वडा कार्यालयमा आगजनी गरेको छ । मंगलबार राती १ बजेको समयमा गैडाटारमा रहेको वडा कार्यालयमा आगजनी भएको हो । आगजनीबाट वडा कार्यालयमा रहेको कम्प्युटर,ल्याप्टप ,प्रिन्टर लगाएतका समानका साथै कागजात समेत नष्ट भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले जानकारी दिए ।
ऋागलागिबाट वडा कार्यालयको बिस लाख बराबरको धनमाल जलेर नष्ट भएको वडा अधयक्ष रबी देवकोटाले जानकारी दिएका छन् ।
बन्दको पुर्बसन्ध्यामा विप्लव माओवादीले आगजनी गरेको आशंका गरिएको छ । तर सो पार्टीले आगलागिको जिम्मा भने लिएको छैन ।