चन्दपुर,१६ साउन । चन्द्रपुर नगरपालिकाको एक वडा एक टोल मदिरा मुक्त टोल घोषणा भएको छ । चन्द्रपुर ८ मोतिपुर टोललाई स्थानीय महिलाहरुको भेलाले मदिरा मुक्त टोल घोषणा गरेको स्थानीय युवा सरोज बछारले जानकारी दिएका छन् ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवाल सहितका भद्र भलादमी तथा स्थानीय महिलाहरुको भेलाले गाउलाई मदिरा मुक्त गाउ घोषणा गरेका हुन् ।
रातीको समयमा गाउमा मदिरा सेवन गरेर होहल्ला तथा झगडा हुन थालेपछि महिलाहरु जागरुक बनेका हुन । मदिरा सेवन गरेर गाउमा चोरी समेत बढेपछि महिलाहरु जागरुक बनेको स्थानीय युवा बछारको भनाइ रहेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कटुवालले हरेक टोल र गांउमा महिलाहरु यसरीनै जागरुक भए नगरमा शान्ति सुरक्षा कायम आफै हुने बताएका थिय ।
चन्द्रपुर नगरपालिकमै मदिरा मुक्त टोल घोषणा गर्ने मोतिपुर पहिलो टोल भएको छ । स्थानीय महिलाहरुले गाउमा जाड रक्सी बेच्न नदिने ,तास जुवा खेल्न नदिने लगाएतको अभियान थालेको सो अभियानकी संयोजक सुनिला देवी चौधरीले बताईन ।