चन्द्रपुर ५ असोज / जिल्लाको चन्द्रपुर नगरपलिकाले नगरपालिकाको कार्यालय परिसरमा रोपेको २ लाख बढीको फुल मरेर गएको छ । केही समय पहिला नगरपालिकाको कार्यालयमा रोप्नका लागि फुल मात्र दुई लाखको खरिद भएको थियो । फुल रोप्नका लागि नगरपालिकाले गमला समेत किनेको कर्मचारीले तराई एक्सप्रेसलाई बताए । उचित रेखदेख तथा नियमित रुपमा पानी नहालेका कारण नगरपालिकाको माथिल्लो तलामा गमलामा रहेको बिभिन्न जातको फुल मरेर जान थालेको छ । नगरपालिकाले पैसा तिरेर ल्याएको समान लाई बेवास्ता गरेका कारण २ लाखको फुल मात्र स्वाह भएको छ । दुई लाखको फुल रोप्नका लागि किनिएको गमला समेत यतीबेला यत्र तत्र छरिएको छ । दुई लाखको फुल खेर गएको बिषयमा चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले केही प्रतिक्रिया दिएनन् । उनले भने कर्मचारीको लापारवाहीका कारण यस्तो भएको होला ,म बुझछु । चन्द्रपुर नगरपालिकाले जनताको करबाट किनेको समानको वास्ता नगरेको स्थानीयको भनाइ रहेको छ । यस भन्दा पहिला समेत नगरका बिभिन्न स्थानमा नगरपालिकाको माटो रकम खर्च गरेर बनाईएका बाल उद्यान्न तथा पार्कको अवस्था समेत नाजुक रहेको छ । यस्तो बिषय नगरपालिकाले ध्यान दिन नसकेको स्थानीय युवा रबी राना मगरको भनाइ रहेको छ । नगरपालिका हाता भित्र देखिदा थोरै पैसामा खरिद गरिएका समानहरु यतीबेला बेवारीसे अवस्थामा रहेको र सबैको ध्यान धेरै पैसा तिर गएको स्थानीयको भनाइ रहेको छ । यस्तो बिषयमा नगरप्रमुखले ध्यान दिनुपर्ने स्थानीय बासिन्दाहरुको भनाइ रहेको छ ।