कटहरिया,२४ कार्तिक ÷
रौतहटको कटहरिया नगरक्षेत्र अन्तरगत लालबकैया नदी बाट निस्कने नदीजन्य बस्तुको निकासीका लागी टेण्डर नहुंदा लाखौं रुपैया क्षती भईरहेको छ ।
कटहरिया ४ बहादुरपुर देखी लालबकैया नदीको गर्जाघाट सम्म रहेको सिमाना बाट बर्षेणी उठाउने गरीएको बालुवा,गिटी,बोल्डर, लगायत दहतर बहतरको टेण्डर नहुंदा लाखौंको नुक्सानी भईरहेको स्थानिय वासिन्दाले बताएका छन् ।
छिमेकी नगरपालिका गुजराले नदीजन्य बस्तु निकासीिको टेण्डर एक करोड २६ लाख,फतुवा बिजयपुरले एक करोड ११ लाखमा टेण्डर गरीसकेको अवस्थामा कटहरियाले हालसम्म टेण्डर आव्हान नगर्दा ५० लाखको क्षतीहुने वडा ५ का अध्यक्ष सर्फलाल गुप्ताले बताए । हाल नगरपालिकाका केही कर्मचारीले कतै कतै बालुवा,गिटी,बोल्डर बापतको रसीद काटीरहेको र अधिकांश बिना सुल्क चोरीलुकी गइरहेकाले तत्काल टेण्डर गराउन वडा अध्यक्ष गुप्ताले माग गर्नु भएको छ ।
कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहाले जिल्ला समन्वय समितिले बालुवा,गिटी,बोल्डरको टेण्डरको परिमाण बारे प्रकृया पुरागर्न नसकेकाले टेण्डरमा ढिलाईभएको बताउनु भयो ।
जिल्ला समन्वय समितिमा गत साउन महिनामा नगरपालिका द्धारा पत्र पठाई पटक पटक तगेदा गर्दा पनी हालसम्म प्रकृया पुरा नगरेकाले टेण्डर नभएको र प्रकृया पुरा हुनासाथ टेण्डर गरीने मेयर कुश्वाहाले प्रतिवद्धता ब्यक्त गर्नु भयो । जिल्ला समन्वय समितिका उपसभापती राम बशिष्ट यादवले कटहरिया नगरपालिकाले निबेदन दर्ता गराएपनी खासै चासो न लिएकाले हालसम्म प्रकृया पुराहुन नसकेको बताउनु भयो ।