प्रचन्द्रपुर,१३ मंसिर / रौतहटको चन्द्रनिगाहपुरमा भएको प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी सप्तरीले हात पारेको छ । प्रदेश नम्वर २ स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगितामको फाइनलमा सप्तरीले बाजी मारेको हो । बिहिबार भएको फाईनल खेलमा सप्तरीले सर्लाहीलाई ४७ रनको फराकिलो रनअन्तरले पराजीत गरेको छ । टस हारेर व्याटिङको निम्ता पाएको सप्तरीले २० ओभरको खेलमा ६ विकेट गुमाउदै १ सय २६ रन बनाएको थियो ।
सप्तरीलाई जीत दिलाउन आशिष झाले ३५ बलमा ३४ रन, कप्तान मेहबुब आलमले २४ बलमा २४ रन र विकास दासले २४ बलमा नटआउट रहंदै २८ रनको योगदान गरेका थिए ।
जवाफी व्याटिङमा उत्रिएको सर्लाहीको टिमले खराबी सुरुवात गरेको थियो । सर्लाहीले १९ ओभर खेल्दै १० विकेटको क्षतीमा ८० रनमात्र बनाउन सफल भएको थियो । सुरु बाट नै दबाब मा देखिएको सर्लाहीका लागी राजेश पुलामी मगरले ३१ बलमा २१ रन, सम्साद आलमले १० बलमा ७ रनको योगदान गरेका थिए । बाकी खेलाडीले दोहोरो अंक को रन बनाउन नसक्दा र निरन्तर विकेट गुमाउदा सर्लाही धेरै रन अन्तरले पराजीत हुन पुगेको थियो ।सप्तरीका बलर मेहबुब आलमले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका थिए भने उपेन्द्र रोयले ३ विकेट र बाकीं ३ विकेट रन आउटका रुपमा खसेका थिए ।
प्रतियोगिताको उत्कृष्ट व्याट्सम्यान सप्तरीका बिबेक यादब बन्न सफल भएका छन । उत्कृष्ट बलर सप्तरीका कप्तान मेहबुब आलम, उत्कृष्ट फिल्डर सर्लाहीका सन्दिप खड्का र प्रतियोगिताको सर्बोत्कृष्ठ खेलाडी सप्तरीका कप्तान मेहबुब आलम बन्न सफल भए । प्रतियोगितामा प्रथम भएको सप्तरीले १ लाख रुपैंया,दोस्रो टिम सर्लाहीले ५० हजार हात पारेका थिय । चन्द्रनिगाहपुर क्षेत्रमा महत्वपुर्ण योगदान पुया¥उने स्वर्गिय कार्की र कोइरालाको सम्मान र उनीहरुको स्मरण गर्दै प्रतियोगिताको आयोजना गरीएको आयोजक संयोजक देवराज कार्कीले बताएका छन ।