गौर,१७ मंसिर / रौतहटको मौलापुर नगरपालिका वडा ९ सोनरनिया गाउमा दुुईवटा घरमा सुुरुगं खनेर लाखौ रुपैया बराबरको चोरी भएको छ । सोनरनियाका दृवल भगत माली र टँईट राउत कुर्मीको घरमा शनिवार राती चोरले सुुरुगं खनेर चोरले लाखौंको धनमाल चोरेर लगेको हो । गरगहना,लताकपडा र एकलाख नगद सहीत मालीको घर बाट तिनलाख र नगद गरगहना,लता कपडा गरी कुर्मीको घरमा दुुईलाख ५० हजार गरी पाँचलाख ५० हजार बराबरको धनमाल चोरीभएको पिडित परिवारले बताएका छन । घटनाको दुुईदिन बितिसक्दा पनी प्रहरीले चोरलाई पक्राउ गर्ननसकेको पिडितको आरोप छ । घटना बारे अनुुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।