पर्सा २४ बैशाख । नेपालमा कोरोना भाइरसले तीन अंक छुन लागेको छ। बुधबार पर्सामा १७ जना पोजेटिभ भेटिएसँगै संक्रमितको संख्या ९९ पुगेको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा १० पुरुष र ७ महिलालाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । देवकोटाका अनुसार ती सबै पर्साका स्थानीयबासिन्दा हुन् । कोरोना संक्रमित पर्साका उनीहरु २ महिने शिशुदेखि ६६ वर्षीय वृद्धसमेत छन् । देवकोटाका अनुसार उनीहरुलाई वीरगञ्जस्थित कोरोना अस्पतालको आइसोलेसनमा ल्याउन लागिएको छ ।