ओम प्रकाश यादव
रौतहट ३ बैशाख । कोरोना भाइरसले निम्त्याएको महाविपद्को घडिमा विभिन्न संघ संस्था र स्थानीय तहहरु रौतहटका पत्रकारहरुलाई विभिन्न किसिमका पोसाक अर्थात ड्रेसहरु उपलब्ध गराइरहेका छन । पछिलो समय कोरोना भाइरसले पुरै विश्व नै अक्रान्त बनेको अवस्थामा ति संघ संस्था र स्थानीय तहहरु रौतहटका क्रियाशील पत्रकारहरुको सुरक्षित रही रिपोर्टिंग गर्न नेपाल पत्रकार महासंघ रौतहट शाखालाई उक्त ड्रेसहरु सहयोग गर्न थालेका छन । शुक्रवार मात्रै आरडिसी नेपाल नामक संस्थाले नेपाल पत्रकार महासंघ रौतहटलाई सयौ थान प्रेस ज्याकेट हस्तान्त्रण गरेको छ । विपतमा खटिएका संचारकर्मीहरुले एकरुपको ज्याकेट प्रयोग गरुन भन्ने उदेश्यका साथ एक सय थान प्रेस ज्याकेट सहयोग गरेको संस्थाका अध्यक्ष पारस हुसेनले बताउनुभएको छ । जिल्लाका सम्पूर्ण क्रियाशील पत्रकारहरुको लागि नेपाल पत्रकार महासंघ रौतहट शाखाका मार्फत सचिव गौतम श्रेष्ठलाई उक्त सामग्री हस्तान्तरण गरिएको अध्यक्ष हुसैनको भनाई छ । त्यस्तै शनिवार आज मात्रै दुई स्थानीय तहले छुट्टा छुट्टै एक सय भन्दा बढी थान ड्रेस पत्रकार महासंघ रौतहटलाई हस्तान्त्रण गरेको छ । देवाही गोनाही नगरपालिकाले पत्रकार महासंघका जिल्ला सचिव गौतम श्रेष्ठलाई ६० थान टिसर्ट हस्तान्त्रण गरेको छ । विपदको यस घडिमा सुरक्षित रही रिपोर्टिंग गर्नको लागि उक्त सामग्रि सहयोग गरेको नगर प्रमुख धर्मेन्द्र पटेलले बताउनुभयो ।
त्यस्तै गरुडा नगरपालिकाले पनि पत्रकार महासंघका जिल्ला सचिव गौतम श्रेष्ठलाइ ७० थान विनचिटर पात्लो ज्याकेट हस्तान्त्रण गरेको छ । कोरोना संक्रमणको जोखिमलाई ख्याल गरि स्वास्थ्य सुरक्षाको उद्देश्य राखेर नगरपालिकाको नगर प्रमुख ईनु राय यादवले पत्रकार महासङ्घलाई पातलो ज्याकेट हस्तान्तरण गरेका हुन् । यसअघि पनि कोरोनाबाट पत्रकारहरुलाई सुरक्षित राख्न विभिन्न दातृ निकाय, संघिय सांसद, प्रदेश सांसद लगाएतकहरुले आ आफना तर्फबाट पिपिई, एन ९५ मास्क, सेनिटाईजर, थर्मल गन लगाएतका मेडिकल सामग्रि सहयोग गरेका थिए । अन्य निकाय र स्थानीयतहद्धारा समेत पत्रकार महासंघलाई विभिन्न किसिमका मेडिकल सामग्रि देखी लिएर पोसाकहरु सहयोग गर्ने क्रम जारी नै रहेको छ ।