जनकपुर,७ असार / गत बर्ष भैंसी बितरण गरेर चर्चामा आएको प्रदेश २ सरकाले यस बर्षको बजेटमा बोका बितरण गर्ने भएको छ ।
गत बर्षको भैंसी कार्यकर्तालाई बितरण गरेको आरोप खेपेको प्रदेश सरकाले यस बर्ष बोका बितरण गर्ने भएपछि बिभिन्न आकलन गर्न थालिएको छ । प्रदेश २ सरकारको आगामी आर्थिक बर्षको बजेटमा मनोरञ्जनात्मक स्थल बनाउनेदेखि बोका खरीद गर्नेसम्मका लागि केन्द्रीत रहेको छ ।
चुरे क्षेत्रमा जलाशय निर्माण गरी मनोरञ्जनात्मक स्थलको डिजाइन र निर्माणको लागि रु ३ करोड छुट्टयाएको प्रदेश सरकारले उन्नत नश्लका बोयर बोका खरीद तथा बितरणका लागि २ करोड विनियोजन गरेको छ ।
गत बर्ष भैंसी खरीद गरी वितरण गरेको थियो प्रदेश सरकारले । त्यसबेला सत्तासीन पार्टीका कार्यकर्ताले पनि पाउदा आलोचनाको शिकार भएका सरकार यस पटक भने बोका बितरण गर्ने भएका हुन् ।
यसबाहेक प्रत्येक जिल्लामा उच्च प्रविधिको नर्सरीसहित निजी नर्सरी स्थापना गर्न रु २ करोड ७५ लाख, प्रदेशमा निजी वनको विकास गर्न रु २ करोड र एकीकृत कृषि वन प्रणालीको कार्यक्रमका लागिसमेत २ करोड छुट्टयाएको छ ।
यो बजेट पनि कार्यकर्ता पाल्नकै निम्ति छुट्टयाएको जानकारहरु बताउछन् ।जनचेतना जगाउने शीर्षकमा पनि बजेट विनियोजन गरिएको छ । कुपोषण न्यूनीकरणका लागि जनचेतना अभिवृद्वि गर्न २ करोड बजेट छुट्टयाएको प्रदेश सरकारले छात्राहरुको आत्मरक्षा तालिमका लागि रु १ करोड ५० लाख, महिला स्वरोजगारका लागि क्षमता अभिवृद्वि गर्न ७५ लाख, प्रदेशको भाषा, कला तथा संस्कृतिको संरक्षण, उत्थान तथा विकासका लागि एक प्रतिष्ठानको गठन गर्ने र सोको अन्तर्गत एक संग्रहालय सञ्चालन सम्बन्धमा अध्ययन गराउन रु २५ लाख बजेट विनियोजन गरेको छ ।