चन्द्रपुर,८ असार / सम्बन्धीत निकायबाट काम लिएर समयमा काम सम्पन्न नगर्ने प्रबृती बढेका बेला चन्द्रपुर नगरक्षेत्रमा ११ किलोमिटर सडकको काम भने समयमै सम्पन्न भएको छ । सहरी विकास मन्त्रालयको डिभिजन कार्यालय पर्साबाट रौतहटको चन्द्रपुर नगरका बिभिन्न स्थानमा सडक बनाउन लागेको ठेक्काको काम समय भन्दा पहिलानै सम्पन्न भएको छ ।
पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाले २०७५ ÷१÷१३ गते सिलन्यास गरेको सडक निर्माण गर्नका दिइएको समय २०७७÷१÷१२ गते भन्दा दुई महिना पहिलानै सम्पन्न भएको हो । सहरी विकास मन्त्रालयको ८ करोड ४० लाख ३७ हजार ४ रुपैयाको लागतमा कन्काई,राजदेबी,भक्त जेभीले रैयाटोल,कलटोल,नया“बस्ती ,मरिन टोल सडक ,कटानी नया“बस्ती सडक र सन्तपुर देखी सन्तपुर गाउ“ जाने ११ किलो मिटर सडकको निर्माण समय भन्दा पहिलानै सम्पन्न भएको निर्माण कम्पनीका स्याम कार्कीले जानकारी दिएकाछन् ।
डियु डिविसी पर्सा वकर््स २०७४÷७५एमसिवी ०६ ठेक्का नम्बर रहेको ती स्थानको सडक गुणस्तरिय रहेको स्थानीय बासिन्दाले बताएकाछन् । जिल्लाका बिभिन्न स्थानको सडक निर्माणका लागि ठेक्का पायका निर्माण कम्पनीले समयमा काम नगरेको भन्दै चर्को आलोचना भईरहेका बेला कन्काई,राजदेबी,भक्त जेभीले समयमै काम सम्पन्न गरेर स्थानीयलाई आवत जावतमा सहजता ल्याइ दिएको सन्तपुरका स्थानीय बासिन्दा जितेन्द्र चौधरीले तराई एक्सपेसलाइ बताए ।
कन्काई,राजदेबी,भक्त जेभीले पिच सडक सहित नाला समेत समयमै निर्माण गरेका कारण सडक बनेका स्थानका बासिन्दाका लागि सहज भएको स्थानीयको भनाइ रहेको छ ।