गौर,२९ असार / चारदिन देखिको अविरल वर्षासंगै विभिन्न नदिमा आएको बाढीले रौतहटका अधिकांश सरकारी कार्यालयहरु डुवानमा परेको छ ।
बाढीको पानीले सदरमुकाम गौरमा रहेको जिल्ला प्रहरी कार्यालय, भन्सार लगाएतका कार्यालयहरु डुवानमा परेको छ । भन्सार कार्यालय अगाडि तीन चारफिट र गौर मेनरोड तथा जिल्ला प्रहरी कार्यालयमा दुईफिट पानी जमेको रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले तराई एक्सप्रेसलाई जानकारी दिए । बाढीको पानी सरकारी कार्यालयहरुमा पसेपछि कामकाज प्रभावित भएको छ । प्रत्येक वर्ष सदरमुकाम गौर र त्यहा रहेका सरकारी कार्यालयहरु डुवानमा पर्दै आएको छ । अविरल बर्षाले जिल्लाका दुईवटै ठुलानदी बागमती र लालबकैयाका साथै साना नदीहरुमा समेत पानीको सतह बढ्दै गएको देखिएको छ । नदीहरुमा आएको बाढीले जिल्लाका अधिकांश भु भाग समेत डुवानमा परेको छ । बाढीले अधिकांश सडक सञ्जालहरु समेत जलमग्न भएको छ । नदीहरुमा पानीको वहाव बढदै गएपछि सतर्कता अपनाउन जिल्लावासीलाई प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले आग्रह गरेका छन ।
२०७७ असार २९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।