बृन्दावन ७ साउन ।
नेता उसलाई भनिन्छ जसले जनताको सुख दुःखमा साथ दिन्छन् । नेतृत्व गर्ने त धेरै हुन्छ तर जनताको सुख दुःखमा साथ दिने नेता कमै हुन्छन् । भोटको बेलामा ठूलाठूला भासन गर्ने नेता त रौतहटमा धेरै हुन् तर जनतालाई दुःख परेका बेला साथ र सहयोग दिने नेता कमै छन् । उदाहरण हो रौतहटको गरुडा निवासी तथा राजापा नेपाल क्षेत्र नं—४ का सांसदका प्रत्यासी समाजसेवी कन्थमनी जयसवालको ? उनले जनताको हरेक सुखदुःखमा साथ र सहयोग दिँदै आएका छन् । आईतबारदेखि लगातार परेको वर्षाका कारण रौतहटको जनजीवन त यत्तिकै अस्तव्यस्त बनेका छन् तर चुनाव जितेका नेताले आफ्नो जनतालाई फर्केर पनि देखेका छैनन् । नेता जयसवाल चुनावमा पराजित भएर पनि जनताको घरघरमा पुगेर जनताको दुःख र पिडा बुझिरहेका छन् । नेता जयसवालले मंगलबार रौतहटको बृन्दावन नगरपालिका वडा नम्बर १ र २ मा हरेक दलित बस्तीमा पुगी जनताको पीडा बुझेका छन् । यस्ता आपतका बेला जनताको दुःख र पिडा बुझिने क्रममा बृन्दावन वडा नं—१ मा रहेको दुई वटा सार्वजनिक चौतारामा मर्मतका लागी आर्थिक सहयोग समेत गरेका छन् ।