बिजयपुर,१० साउन / रौतहटको फतुवा बिजयपुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बितरण नहुंदा सैयौ वृद्ध बृद्वा समस्यामा परेका छन । स्थानीयले कर्मचारीले बृद्धभत्ता निकालेर आफैले हिनामिना गरेको स्थानीयले आशंका गरेकाछन् ।
फतुवा बिजयपुर वडा १ देखि ११ अन्तरगत आर्थिक बर्षको अन्तिम सम्म सुरक्षाभता बितरण नहुंदा आषृत वृद्ध बृदा समस्यामा परेका हुन । गत चैत ११ गतेदेखि लगातार लकडाउनको कारण गरिब बिप्पन वृद्ध बृद्वा पहिलैदेखी हैरान परेसान थियो ।
बर्षको अन्तिम चौमासिक रकम न पाउ“दा कैयौ बृद्व बृद्वा भोखै मर्ने अवस्था भएको एकजना जेष्ठ नागरिक श्रवन हजराले दुखेसो पोखेका छन ।
सामाजिक सुरक्षाभताको लागि पटक पटक वडा देखि नगरपालिका जांदा मेयर ,उप मेयर , प्रशासकिय अधिकृत , लेखापाल तथा वडा सचिव कोई भेट हुन नसकेको हजराले गुनासो गरेका छन । जनताको अवस्था बारे कुनै वास्ता नगरी प्रशासकिर अधिकृत सुरेन्द्र प्रधान र लेखा अधिकृत नवीन यादव गैरकानुनी चेक काट्न चन्द्रपुर र गरुडामा ब्यस्त रहेको उनिहरुले गुनासो गरेका छन ।
यसैबीच जेष्ठ नागरिक श्रवन हजाराका साथै केही अन्य पीडित भताको माग सहित आवश्यक कार्वाहीको लागि बुधबार ईलाका प्रहरी कार्यालय बिजयपुरमा लिखित निवेदन दिएका छन । उता फतुवा बिजयपुर नगरपालिका का मेयर गोपाल प्रसाद यादवले यसै हप्ता भित्र सामाजिक सुरक्षाभता बितरण गराउने प्रतिवद्वता जनाएका छन । स्थानीले भने पटक पटक झुक्याउदै आएको बताए ।