गौर,३भदौ / रौतहटमा मंगलबार थप ३५ जना कोरोना संक्रमित पुष्टि भएको छ । केन्द्रीय प्रयोगशाला काठमाडौंको रिपोर्ट अनुसार रौतहटमा १३ जना महिलासहित ३५ जनामा संक्रमण देखिएको हो ।
साउन ३० गते १५० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ८० जनाको रिपोर्ट आउंदा गौर नगरपालिकाका २७ र माधवनारायण नगरपालिकाका ५ तथा गरुडा, कटहरीया र नेपाल प्रहरीका एक–एक जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रवक्ता हरेन्द्र गुप्ताले बताए । उनका अनुसार कन्ट्याक ट्रेसिङका आधारमा स्वाब संकलन गरेर परीक्षण गर्दा उनीहरुमा पोजेटिभ देखिएको हो ।
संकलित स्वाब मध्ये ७० जनाको रिपोर्ट आउन अझै बाँकी रहेको प्रवक्ता गुप्ताले बताएका छन् ।