रुपेन्द्र पटेल
गरुडा, २७ भदौ ।

रौतहटमा कोविड—१९ बाट प्रभावित महिलाहरुका लागी एक संस्थाले सहयोगर्थ खाद्यान्न समाग्री बितरण गरेको छ । जिल्लाको गरुडा नगरपालिका वडा नं—८ जिंगडियामा शनिबार माण्डवी नामक संस्थाले खाद्यान्न समाग्री वितरण गरेको हो । सो संस्थाले जिल्ला प्रशासन कार्यालयबाट समन्वय गरेर जिंगडियामा घाँटी रेटेर हत्या भएको निरञ्ज राम र प्रहरी हिरासतमा मृत्यु भएका बिजय रामका परिवारहरुलाई लक्षीत गर्दै करिब ४० जना अति गरिब बिपनन् परिवारलाई चामल, दाल, खाने तेल, लगाएतका खाद्यानन् समाग्री बितरण गरेको माण्डवी संस्थाकी अध्यक्ष अन्जु झाले बताईन । सो कार्याक्रममा रौतहटका सिडियो ईन्द्रदेव यादले बन्दाबन्दी तथा निषेधाज्ञाका कारण श्रम गरेर खाने परिपारको दैनिकी कष्टकर बनेका बेला यो माण्डवी संस्थाले राहत वितरण गरेको प्रती खुशी ब्यक्त गरेका छन् । सिडियो यादवले सो वितरण गरेको राहतबाट उनिहरुलाई केहीन केही राहत निश्चित रुपमा पाउँने बिश्वास समेत ब्यक्त गरेका छन् । सिडियो यादवले जिल्लामा रहेका अन्य संस्था वा एनजियोले यस्तो सङ्कटको समयमा यस्तै कार्याक्रमहरु ल्याएर पिडित परिवारलाई राहत दिन समेत आग्रह गरेका छन् । यस्तै रौतहटमा रहेको सो माण्डवी संस्थाले आपत बिपतका समयमा नागरिकलाई राहत र सहयोग दिंदै आएका छन् । शनिबार विर्ता प्रहरी बोर्डिङ्गमा भएको सो राहत वितरण कार्यक्रममा रौतहटका एसपी सिद्धि बिक्रम शाह तथा बिभिन्न सञ्चार माध्यमका पत्रकारहरुको सहभागिता रहेको थियो ।