कटहरिया,३० भदौ /
प्रदेश २ का सांसद कुन्दन कुश्वाहाले रौतहटको कटहरिया बजारमा न्यु सामुदायिक अस्पतालको उदघाटन गरेकाछन । सांसद कुश्वाहले आइतबार एक समारोहका बिछ रिबन काटेर अस्पतालको उदघाटन गरेका हुन ।सो अवसरमा सांसद कुश्वाहा,कटहरियाका मेयर सियाराम कुश्वाहाले संयुक्तरूपमा सामुदायिक अस्पतालको संचालन राम्रो कामहो तर उपचारको नाउमा बिरामी संग अनुचित लाभ नलिन सुझाव दिएका थिए । सुझावलाई अक्षरस पालना गर्दै गरिब जनताको सेवामा कहिलै पछि नपर्ने सामुदायिक अस्पताल कटहरियाका राजु भास्करले प्रतिबद्धता जनाएका छन । सो अवसरमा नेकपाका योगेन्द्र साह,राकेश गिरि,नसरुदिन अंसारी लगायतको सहभागिता थियो । आइतबार देखि बिधिवत संचालनमा आएको न्यु सामुदायिक अस्पताल कटहरियामा अल्ट्रासाउन्ड , एक्स्रे,ईसिजी,अक्सिजन ,पैथोलोजीका साथै आक्समिक सेवाको लागि १० बेड रहेको छ । अस्पतालमा एकजना एमबीबीएस डाक्टर , एकजना सिएमए,एकजना अनमी, एकजना फार्म डि ले सेवा दिने छन । आ ५ दिनसम्म ओपिडी सेवा निसुल्क रहने अस्पतालका इन्चार्ज राजु भास्करले जानकारी दिएकाछन् ।