गौर, १५ असोज । रौतहटका एकजना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ । जिल्लाको ईशनाथ नगरपालिका वडा नं–४ बस्ने ७४ वर्षीय पुरुषको बिहीबार विहान मृत्यु भएको हो । नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल (बाबा होटल आइसोलेसन) मा उपचारको क्रममा उनको बिहीबार बिहान साढे आठ बजेको समयमा मृत्यु भएको हो ।