गरुडा,२ कार्तिक । जबर्जस्ती करणी तथा गर्भपतन मुद्दाका एक फरार अभियुक्त रौतहटबाट पक्राउ परेका छन् । जबर्जस्ती करणी तथा गर्भपतन मुद्दामा फरार रहेका बारा जिल्लाको आदर्शकोतवाल गाउपालिका वडा नं.८ बस्ने शेष हमिदको छोरा बर्ष २५ को शेष जावेद आलम रौतहटबाट शनिबार पक्राउ परेका छन् । शेष जावेद आलमलाई इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी टोलीले पक्राउ गरेको हो । गरुडा नगरपालिका ८ बसबिट्टी जिंगडिया स्थित आफ्ना ससुरालीमा लुकीछिपी बसेको अवस्थामा गरुडाका प्र.ना.नि.सिकेन्द्र प्रसाद साहको कमाण्डमा खटिएको प्रहरी टोलीले आलमलाई पक्राउ गरेको हो । निजलाई जिल्ला प्रहरी कार्यालय बारामा बुझाउने कार्य भई रहेको गरुडा प्रहरीले जनाएको छ ।