अशोक पहाडी
रौतहट,८ भदौ ।
पुर्व मन्त्री प्रभु साहले नेपाली कांग्रेसले सत्ताको आडमा रौतहटमा आतंक मच्चाउन थालेको आरोप लगाएका छन् ।
मंगलबार बिहान जिल्लाको धन्सार देखी जंगलसहिया हुदै कटहरिया जाने बाटोमा सांसद विकास कोषबाट बनेको गेटको निरक्षण गर्ने क्रममा साहले नेपाली कांग्रेस सत्तामा आउना साथ रौतहटमा स्वघोषित मेयरका उमेदवारले आतंक मच्चाउन थालेको बताएका हुन ।
कांग्रेसले बिधयक ल्याएर पार्टी फुटाउने खेलमा लागेको र त्यो पछि काग्रेसलाईनै घांडो हुने बताए ।
काग्रेसको सरकार आउना साथ प्रहरी प्रशासनको आडमा रौतहटमा सर्बसाधारण फसाउने खेल सुरु भएको पुर्व मन्त्री साहको भनाइ रहेको छ । प्रहरीकै मिलेमतोमा पत्रकारको मोटर साईकलमा लागु औषध राखिएको प्रति इङकित गर्दै साहले त्यो सवै काग्रेसको आडमा भएको दावी गरे । कांग्रेसको आडमा रौतहट प्रहरी अझै निर्दौस फसाउन सक्रिय रहेको उनको भनाइ रहेको थियो । तराई एक्सप्रेसकर्मीको एक प्रश्नमा पुर्व मन्त्री साहले आफु एमाले नभएर नेकपा भएको समेत जिकिर गरे ।