गर्मी याममा ब्युटिपार्लर जाडो यामको तुलनामा बढी धाउनुपर्छ। गर्मीमा चर्को घामका कारण छाला डढ्छ। जसले गर्दा छालाका थुप्रै समस्या महिलाले भोग्नुपर्छ। डढेको छाला थकित र कान्तिहीन देखिन्छ। त्यसैले पार्लर जानैपर्ने बाध्यता आइलाग्छ। पार्लरमा फेसियल, स्क्रब र क्रिममा जति खर्च गरे पनि चाहेजस्तो परिणाम पाउन सकिँदैन। तर, घामले छालामा ल्याउने कालोपनालाई हटाउने तरिका हाम्रो भान्सामै लुकेका छन्। स्वास्थ्यखबरले केही तरिकालाई यहाँ प्रस्तुत गरेको छ।
कागतीको रस, काँक्रो र गुलाबजल
यी तीन चिजलाई एउटा कचौरामा समान मात्रामा लिई मिसाउने। दुई मिनेटसम्म यत्तिकै राख्ने। एउटा कपासको टुक्राको मद्दतले अनुहार, हातखुट्टा र कालोपना भएको ठाउँमा दल्ने। काँक्रोको रस र गुलाबजलले डढेको छालालाई शीतलता प्रदान गर्छन्।








