रौतहट,८ मंसिर । चन्द्रनिगाहपुरको टेकानमा बसपार्क बन्ने भएको छ । टेकाल बसपार्क सघन सहरी तथा भवन निर्माण आयोजना पर्साको १६ करोड १२ लाख २१ हजार ३ सय ६५ रुपैयाको लागतमा बन्न लागेको चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्लेले बताए । भोलिबाट बस पार्कको काम सुरु हुने भएपछि रौतहट क्षेत्रनं ४ का संघिय सासद देव प्रसाद तिमल्सिना र चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्लेले काम गुणस्तरीय गर्नका लागि ठेकेदार कम्पनी लाई निर्देशन दिएका थिए । सो बसपार्क निर्माणकार्यको काम बिनायक / प्रजिल जेभिले गर्दे छ ।