अशोक पहाडी
रौतहट,११ मंसिर । जिल्लाका बिभिन्न पालिकाहरुले मिटर बिनानै जडान गरेको टवार लाइटको लाइन काटन थालेको छ । नेपाल बिधुत प्राधिकरणले पटक पटक सडक बत्तिको पैसा तिर्न ताकेता गर्दा समेत वास्ता नगरेपछि लाईन काटन थालेको हो ।
रौतहटको १८ वटै पालिकाले सडकको चौवाटो, खेल मैदान, मंन्दिर लाई लक्षित गरी मिटर बिनानै सडक बती÷टावर लाईट जडान गर्न थालेपछि नेपाल बिधुत प्राधिकरणले अभियानकै रुपमा काटन थालेको हो ।
अहिले सम्म चन्द्रपुर नगरपालिकाको ३७ वटा, बृन्दावन नगरपालिकाको १७ वटा र गुजरा नगरपालिकाको ७ वटा टावर लाइटको लाइन काटिसकिएको नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुर बितरण केन्द्रका प्रमुख धिरेन्द्र यादबले जानकारी दिएका छन ।
पछिल्लो समयमा पालिकाहरुले उज्यालो अभियान भन्दै अनुमती नलिकनै सिधै हुकिङ्ग गरेर जडान गर्न थालेपछि नेपाल बिधुत प्राधिकरणका बिभिन्न बितरण केन्द्रले पहिलो चरणमा लाईन काटन थालेको बितरण प्रमुख यादबले बताए । नेपाल बिधुत प्राधिकरणले पालिका लाई पटक पटक मिटर जडान गर्न र बक्यौता रकम तिर्न गरेको आग्रह लाई अटेर गर्दै आएको थियो ।
नेपाल बिधुत प्राधिकरणले कार्तिक मसान्त भित्र सडक बती÷टावर लाईट बाट उठेको महशुल बुझाउन पालिका लाई सुचना जारी गरेको थियो । दोस्रो पटक मंसिर ६ गते एक साताको समय दिएपनि अबैध जडान गरिएको लाईन काटन थालिएको यादबले बताए ।
नेपाल बिधुत प्राधिकरण, बिधुत महशुल संकलन बिनियमाबली ०७८ को बिनियम १० को प्राबधान बमोजिम गरिएको उनको भनाइ छ । हरेक पालिकाहरुमा करोड भन्दा बढी बिधुत महसुलको रकम बक्यौता रहेको समेत यादबले जानकारी दिएका छन ।








