जनता समाजवादी पार्टी नेपालले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।
जसपाका प्रवक्ता मनीष सुमनका अनुसार आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनमा रौतहटको चन्द्रपुरकी पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए।
चौधरीले गत मंसिरमा सम्पन्न आमचुनावमा रौतहटबाट प्रदेश सभा सदस्यका लागि प्रतिस्पर्धा गरेकी थिइन् ।
१९ सिटका लागि हुन लागेको निर्वाचनमा गठबन्धनको भागबन्डाअनुसार जसपाको भागमा एक सिट परेको छ। चौधरी चन्द्रपुर अस्पताल प्रालीकी संचालक समेत हुन ।








