चन्द्रपुर,१ माघ ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष जितेन्द्र चौधरीले वडाका विभिन्न स्थानमा दाउरा वितरण गरेका छन्।
पछिल्लो केही दिनदेखि जिल्लामा बढेको जाडोका कारण वडाको जनजीवन प्रभावित भएको भन्दै वडा अध्यक्ष चौधरीले वडाको विभिन्न टोल तथा बजारमा आगो ताप्नका लागि दाउरा वितरण गरेका हुन् ।
विभिन्न स्थानबाट सङ्कलन गरेर ल्याएको मसलाको जराहरू वडाको बजार तथा गाउँमा वितरण गरिएको वडा अध्यक्ष चौधरीको भनाइ रहेको छ। केही दिनदेखिको चिसोका कारण स्थानीय बासिन्दाको जनजीवन प्रभावित भएर घरबाट निस्कनै नसक्ने अवस्था भएपछि गाउँ टोल र बजारमा दाउरा वितरण गरिएको हो । सन्तपुर बजार बसन्तपुर सन्तपुर गाउँ बेतौना लगायतका चोक तथा बजारहरूमा आगो ताप्नका लागि दाउरा बाँडिएको चौधरीले बताएका छन् ।
वडा अध्यक्ष जितेन्द्र चौधरीले सङ्कलन गरेर ल्याएको मसालाको दाउरा स्थानीयका लागि बाल्न उपलब्ध गराइएको उनको भनाइ रहेको छ।
केही दिनदेखि रौतहटको चन्द्रपुर नगरपालिका लगायत मधेस प्रदेश नै जाडोका कारण आक्रान्त बनेको छ। स्थानीय बासिन्दाले चोक तथा गाउँमा बाल्नका लागि चन्द्रपुर नगरपालिकाले डिभिजन वन कार्यालय रौतहटसँग सहकार्य गरेर दाउराको जोहो गरिदिनुपर्ने माग राख्दै आएका छन् । चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले पनि डिभिजन वन कार्यालय रौतहटसँग आफूले सहकार्य गरेर अब चाँडै गाउँ तथा टोल बजारहरूमा ताप्नका लागि दाउरा उपलब्ध गराउने तर्फ आफू अग्रसर भएको जानकारी दिएका छन् ।








