रौतहट,३ माघ ।
श्री कृष्ण युवा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल रौतहटले गरिबका बच्चाहरुलाई न्यानो कपडाले वितरण गरेको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ स्थित नहरटोलमा बस्ने अति गरिब र विपन्न परिवारका बाल बच्चाका लागि न्यानो कपडा वितरण गरिएको हो।
चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नीलहरी कोइरालाको प्रमुख अतिथ्यतामा सो न्यानो कपडा वितरण गरिएको हो । न्यानो कपडा वितरण कार्यक्रममा नेकपा एमाले चन्द्रपुर नगर कमिटीका अध्यक्ष शिव आचार्य माउन्ट एभरेस्ट आवसीय माध्यमिक विद्यालयका प्रमुख उमेश बास्कोटा ,चन्द्रनिगाहपुर सरकारी अस्पतालका एच ए कुल प्रसाद तिमल्सिना ,संचारकर्मी रमेश तिमल्सिना ,बाल बिक्रम कार्की गाएतको उपस्थित रहेको थियो । सो अवसरमा ४० जना गरिव तथा बिपन्नका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको थियोे ।