अशोक पहाडी
रौतहट ६ फागुन । रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधि लम्बीएको छ । स्थानीय प्रशासनले कर्फयुको समयमै उश्रृंखल गतिबिधि बढेपछि कर्फ्यू दायरा बढाएको हो । ईशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मुर्ति सेलाउन बिषयमा दुई समुदाय बीच झडप हुँदा स्थानिय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
सरस्वतिको मुर्ति सेलाउन लैजाने समुहमाथि शनिबार घिउरामा मुस्लिम समुदायले घरको छत बाट ढुङ्गा हान्दा स्थानीय कार्तिकेश ठाकुर लगायतका आधा दजैन मानिस घाईते भएका थिए ।
झडपमा मुस्लिम तर्फ पनि घाईते भएको तर घाईतेको संख्या यकीन हुन नसकेको प्रहरीले बताएको थियो । घटना नियन्त्रण गर्न मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेल, सशस्त्रका डिआईजी दीपेन्द्र साह समेत घटनास्थल पुगेका छन् ।








