बारा, २३ चैत । नेकपा एमाले बाराको जिल्ला अधिवेशनमा ओली निकट मानिने एमाले पोलिटब्युरो सदस्य अच्युत मैनाली र ज्वाला साहले आफ्नु श्रीमति र श्रीमानलाई अध्यक्ष र सचिबमा उम्मेदवार बनाएको भन्दै एमाले नेता कार्यकताले बिरोध गरेका छन ।

फेसबुकमा एमालेका नेता तथा कार्यकताले स्टाटस लेख्दै एमालेमा परिवारबाद हावी भएको आरोप समेत लगाईएको छ ।

उनीहरुलाई परिवारबादमा लागेको आरोप समेत मतदाताले लगाएका छन । उनीहरुको जिल्लामा व्यापक बिरोध समेत भईरहेको छ ।

एमाले अध्यक्ष ओली निकट एमाले पोलिटब्युरो सदस्य तथा बारा क्षेत्र १ का निर्वाचित प्रतिनिधि सभा सदस्य अच्युत प्रसाद मैनालीका श्रीमती टिना सुवेदी अध्यक्षका उम्मेदवार हुन भने कृषी मन्त्री तथा एमाले पोलिटब्युरो सदस्य ज्वाला साहका श्रीमान अमृत शर्मा बजगाई ९सुजन० सचिव पदका उम्मेदवार बनाएपछि यो गुटलाई परिवारबादमा लागेको आरोप लागेको हो ।

‘अच्युत दाई र ज्वाला दिदि हाम्रो नेताहुन् तर अहिले निर्वाचनमा उहाँहरुले परिवारका मानिसलाई प्राथामिक्ता दिएको र सो प्राप्तीका निम्ती गुट बनाएर केन्द्रीय बल र शक्तीको प्रदर्शन गरेको हुदाँ बिरोध भएको हो । गलतलाई गलत भन्नुपर्छ’, एमालेका लोकप्रिय युवा नेता त्रिलोक शाह ठकुरीले भने,‘यस्ते परमपरालाई परिवर्तन गनुपर्छ अहिले बिरोध नगरे पछिपछि पनि यर्सगरी नेतावाद हावी हुन्छन, परिवर्तन हामी युवाले नै गर्नुपर्छ त्यो बाराका युवाले गरिरहेका छन । उनले भने, पार्टीको गुट र परिवारबाद विरोधी आवाज उठेको हो । पार्टी भनेको सबै कार्यकर्ताको हो त्यहीँ भएर यी आबज उठेको हो ।’

सबै हिसाबले प्रश्न गर्न मिल्छ । पोलिटब्युरो सदस्यहरुनै परिपक्व बन्न नसकेपछि उनीहरुको निर्णयमाथि प्रश्न उठाउनु जायज रहेको अर्का महमद साहिद राजाले भने, अहिलेको टिप्पणी भनेको परिवारबाद फाल्नका लागी असन्तुष्टि मात्र हो । पुराना पञ्चहरू राजाको भक्तिभाव गाएर आफ्नो दुनो सोझाउँथे त्यस्तै अहिले बाराका केही नेताले गर्दैछन ।

उनीहरुलाई परिवारबादमा लागेको आरोप समेत मतदाताले लगाएका छन । उनीहरुको जिल्लामा व्यापक बिरोध समेत भईरहेको छ । नेता कार्यकताले सामाजिक सञ्जालमा विरोध समेत गरेका छन । सामाजिक सञ्जालमा भइरहेको टिप्पणीमा राजा फालेको फेरी नयाँ राजा रानीको बारामा जन्म भएको भन्दै असन्तुष्टि व्यत गरेका हुन ।