रौतहट,२८ असार । आज बिहान त्रिशुलीमा भएको बस बेपत्ताप्रति नेपाल विद्यार्थी सङ्घ रौतहट जिल्ला कार्यसमितिले गहिरो दुःख व्यक्त गरेको छ।

नेपाल विद्यार्थी सङ्घ रौतहट जिल्ला कार्य समितिका अध्यक्ष अधिकार लामिछानेले एक विज्ञप्ति प्रकाशित गर्दै दुःख व्यक्त गरेका हुन् । प्राकृतिक विपत्तिका कारण भएको उक्त घटनाप्रति नेपाल विद्यार्थी सङ्घ रौतहट जिल्ला कार्यसमिति गहिरो दुःख व्यक्त गर्दै दुखद घटनामा गृह प्रशासनको ध्यानाकर्षण सहित बेपत्ता भएकाहरूको खोजी घाइतेहरूको उद्धार तथा उपचार सहित राहतको व्यवस्था होस् भनी सभापति अधिकार लामिछानेले माग गरेका छन् । काठमाडौँबाट गौर आउँदै गरेको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान करिब नारायणघाट सडक खण्डमा आएको पहिरोमा परि त्रिशुलीमा बेपत्ता हुँदा बस सँगै दर्जनौं यात्रुहरू बेपत्ता भएका छन्।