रौतहट,२९असार । काठमाण्डौबाट रौतहटको सदरमुकाम गौर आँउदै गरेको गणपती डिलक्स मा सवार १४ जनाको नामावली आएको छ । बस शुक्रबार बिहान त्रिशुली नदीमा खसेको थियो । सो दुर्घटनामा रौतहटको बौदीमाई नगरपालिका १ बस्ने ७० बर्षका बली राउत पटेल ,सोही स्थान बस्ने देवराज यादवको छोरा ५५ वर्षका हरिचन्द्र यादव बौदीमाई नगरपालिका २ बस्ने १८ वर्षका राज पटेल ,सोही नगरपालिका ३ बस्ने ६५ वर्षका पर्शुराम साह बनिया उनकी श्रीमती ,६० पर्षकी मिना देवी साह ,भारत बिहार मोतिहारी बस्ने ३८ वर्षका नरेश साह बनिया र उनकी श्रीमती ३५ वर्षकी रिन्कु साह बनिया बेपता भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रबक्ता डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन् ।
रौतहटको बौदीमाई नगरपालिका ४ बस्ने छोटेलाल प्रसाद जैसवालको छोरा वर्ष १९ का प्रिन्स जैसवाल ,कमलदेव राउतको छोरा ३५ वर्षका अकलु राउत पटेल सोही नगरपालिकाका राजहरण पटेलको छोरा २७ वर्षका गुडु पटेल,कटहरिया नगरपालिका१ भसेरवा बस्ने बुधन दासको छोरा २२ वर्षका सिनोज दास ,माधबनारायण नगरपालिका ३ सखुअवा बस्ने भगल रायको छोरा २२ का लक्ष्मण यादव (सहचालक) यमुनामाई गाँउपालिका४ सरुअठा बस्ने १८ वर्षका सहुप मिया बेपत्ता भएका छन् । अन्यको बिषयमा थप जानकारी लिने काम भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी प्रबक्ता डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन् ।
काठमाडौँबाट बिहीबार गौरका लागि छुटेको एक बस त्रिसुलि नदीमा बेपत्ता भयो । गणपति डिलक्स नामको उक्त बहसमा कति जना यात्रु थिए भन्ने कुरा अहिलेसम्म यकिन हुन सकेको छैन ।
काठमाडौँस्थित टिकट काउन्टरले टिकटमा यात्रुको नाम ठेगाना स्पष्ट रुपमा न उल्लेख गरेका कारण समेत सो बसमा रौतहट जिल्लाका कति जना यात्रु थिए भन्ने कुरा एककिन हुन सकेको छैन । यात्रुको पुरा नाम र ठेगाना टिकट तथा काउन्टरले दिने चलानीमा उल्लेख नभएका कारण सो बसमा रौतहट जिल्लाका कहाँका र कतिजना यात्रु थिए भन्ने कुरा खुल्न नसकेको हो ।
काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना रहेको बताइएपनि गाडीका कतिजना सवार थिए भन्ने अझै एकिन हुन नसकेको र बेपत्ताका परिवार जिल्ला प्रहरी कार्यालय रौतहटमा सम्पर्कमा आउने क्रम जारी रहेको छ ।