रौतहट,१३ असार ।रौतहटको हर्साहदेखि चन्द्रपुरसम्म सञ्चालित ३३ केभी विद्युत प्रसारण लाइन शनिबार बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरण गौर वितरण केन्द्रका अनुसार लाइन अन्तर्गत पर्ने क्षेत्रहरूमा दिउँसो १२ बजे सम्म विद्युत सेवा अवरुद्ध हुनेछ।

विद्युत प्राधिकरणले बुश कटिङ (रूख र हाँगाहरू हटाउने) कार्यका लागि लाइन बन्द गर्न लागिएको जनाएको छ। यस क्रममा गौर, चन्द्रपुर, कटहरिया, गरुडा लगायतका विभिन्न क्षेत्रहरूमा विद्युत आपूर्ति प्रभावित हुने जानकारी दिइएको छ।

“ग्राहकवर्गलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै आगामी दिनमा सुरक्षित र भरपर्दो विद्युत सेवा उपलब्ध गराउने प्रयत्न जारी रहनेछ,” प्राधिकरणको विज्ञप्तिमा उल्लेख गरिएको छ।

उक्त काम समयमै सम्पन्न भएमा तोकिएको समयभन्दा अगावै सेवा पुनः सुचारु गरिने प्राधिकरणले जनाएको छ।