रौतहट,२५ साउन । रौतहट क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिनाले समाज परिवर्तनको एउटा अभियानको थालनी गरेकाछन् । हिन्दु संस्कारमा श्रीमतीको काजक्रिया गर्ने परम्परा नरहेको भएपनि सांसद तिमल्सिनाले आफ्नी श्रीमतीको निधन पछि दागबत्ति दिनुका साथै १३ दिने कर्म समेत आफैले गरेकाछन् ।
यसले समाजमा एक प्रकारको क्रान्तिको थालनी भएको रौतहटमा चर्चा चल्न थालेको छ । उनको यो कदमले समाजमा केही परिवर्तन आउने आशमा आफुले यो परम्पराको थालनी गरेको सांसद तिमल्सिनाको भनाइ रहेको छ ।
श्रीमतीको निधनपछि किरियामा बसेका तिमल्सिनाको यो कमदको प्रसंसा चारै तीर हुन थालेको छ ।
पछिल्लो समय आफ्नै आमा बाबुको निधन पछि भाडामा मान्छे राखेर काज क्रिया गर्ने संस्कार बढदै गरेको बेला सांसद जस्तो मान्छेले आफ्नी श्रीमतीको निधन पछि आफैले श्रीमतीको पार्थिव सरिरमा दाजबत्ति दिनुका साथै १३ दिने कर्ममा आफै बस्नु उदाहरणिय कार्य भएको चन्द्रपुर नगर उद्योग बणिज्य संघका पुर्व अध्यक्ष बासु अधिकारीको भनाइ रहेको छ । श्रीमती रेणु तिमल्सिनाको गएको साउन २१ गते ४९ वर्षको उमेरमा निधन भएको थियो । निधन भएपछि मृत आत्माको शान्तिको लागि प्रतिनिधि सभाका सदस्य देब प्रसाद तिमल्सिना आफै परम्परागत संस्कार तोड्दै १३ औ दिनको किरियामा बसेको उनका स्वकिय सचिब मुकेश गिरीले तराई एक्सप्रेसलाई बताए । पार्थिव शरीरमा आफैले दागबत्ती दिएर उनि किरियामा बसेका हुन । उनका तीन जना छोरी रहेको र छोरा नभएपछि श्रीमतीको निधनमा आफै हिन्दु परम्परा अनुसार किरियामा बसेका हुन । हिन्दु परम्परा अनुसार श्रीमान श्रीमतीको किरिया बस्ने चलन छैन । परम्परागत सामाजिक संस्कार तोड्दै स्थानीय ब्राह्मणको सल्लाहमा नै श्रीमतीको किरियामा किरियामा बसेको सांसद तिमल्सिनाले बताए ।
आफ्नो जीवनसाथी गुमाएपछि हिन्दु संस्कार अनुसार आफै किरियामा बसेर उनी समाजमा उदाहरणीय पात्र बनेको स्थानीयको भनाइ रहेको छ । पछिल्लो समय छोरा नभएका आमा बुवाको निधन हुदा छोरीहरू समेत १३ औ दिनको किरियामा बस्न थालिसकेका छन् । राजनीति मार्फत समाज परिवर्तन र नागरिकको जीवनस्तर उकास्नु पर्दछ भनेर लागि परेका प्रतिनिधि सभा सदस्य तिमल्सिनाको यो कार्यले समाज भित्रको विकृतिलाई चिर्न मदत पुग्ने चन्द्रपुर ८ का स्थानीय बासिन्दा होमनाथ चौला“गाइको भनाइ रहेको छ । जीवनको आधा अंश मानिने श्रीमतीको निधन भएपछि उनको आत्माको शान्तिको लागि प्रतिनिधि सभाका सदस्य देव प्रसाद तिमल्सिना आफै किरियामा बसेका हुन ।
उनका आफन्त र नातेदारले भतिज हरि तिमल्सिनालाई किरियामा बस्न तयारी गराइरहेकै बेला सांसद तिमल्सिनाले ब्रम्ह्णको सल्लाहमा श्रीमतीको निधनपछिको १३ औ दिनको किरियामा आफै बस्ने निर्णय गरेका थिए ।
बुवा आमाको निधन पछि जसरी छोरा किरियामा बस्छन् सोही विधि बाट उनी किरियामा बसेका हुन । सांसद तिमल्सिनाले थालनी गरेको यो समाज परिवर्तनको अभियानको प्रदेश नं २ का प्रदेश प्रमुख राजेश झाले समेत प्रसंसा गरेकाछन् ।
सनिबार सांसद तिमल्सिना क्रियामा बसेको चन्द्रपुर ९ स्थित चेतनगर स्थित घरमै पुगेर प्रदेश प्रमुख झाले उनको यो कार्यले समाज रुपान्तरणमा सहयोग पुग्ने र धर्म संस्कृतीको जगेर्नामा इट्टा थप्ने काम भएको बताएका छन् ।