रौतहट,२८ असार । तराई-मधेसलाई दाइजोको कहरले सताएको छ । दाइजोका कारण कयौं महिलाले श्रीमान, सासु र ससुराबाटै ज्यान गुमाउनु परेको छ । दाइजोप्रथाले गाडेको जरो जति अभियान चलाएपनि उखेलिन सकेको छैन् । तर मधेसमा विस्तारै परिवर्तनका रेखा पनि देखा पर्दै गएका छन् । अब भने मधेसमा दाइजो नलिइ विवाहको चलन सुरु भएको छ ।
रौतहटमा बिनादाइजो विवाह गरेर एक जोडीले चर्चा पाएका हुन् । रौतहटको कटहरिया नगरपालिका–१ का नथुनी महतोको छोरा दिपेन्द्र कुमार कुस्वाहाले बिना दाइजो विवाह सम्पन भएको हो । दिपेन्द्र सिभिल इन्जिनियर हुन् ।
स्थायी बसोबास बौधिमाई नगरपालिक–६ पपरिया र अस्थायी बछोबास रामेछाप जिल्लामा गर्दै आका गगनदेव महतोको छारी प्रतिमा कुमारी कुस्वाहा बीच हिन्दु धर्मअनुसार विवाह सम्पन भएको बताए ।
कम्प्युटर इन्जिनियर गरेकी प्रतिमा रामेछापको मन्थलीबाट अध्यन गरी लोक सेवा आयोगको तयारी गरिरहेकी छन् । दिपेन्द्र पनि अयोगकै तयारी गरिरहेको छ । उनिहरुको प्रेम विवाह नभइ मागी विवाह गत असार १४ गते भएको बताएका छन् । समाजिक परम्परा अनुसार उनीहरुको बिवाह भएको नव विवाहित प्रतिमाले जानकारी दिइन् । आर्दश विवाह पछि यि जोडीको चर्चा हुनथालेको छ ।
समाजमा उनीहरुको चर्चा समेत बढेको हो । तराई मधेशमा यसरी नै युवा पुस्ताले विस्तारै हटाउनु पर्ने आवश्यकता देखिएको समाजिक अभियनताहरु बताउँछन । दाइजो प्रथाले गर्दा भागि बिबाहको चलन निकै बढेको हो ।
दाइजो प्रथा युगलाई चुनौती दिदै यि नयाँ जोडी चर्चा पाएकी हुन् ।