अमेरिकामा अब महिला डाक्टरको पर्चा बिना गर्भनिरोधक औषधी खान सक्छन् । यसबारे अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन ९एफडीए० ले घोषणा गरेको छ । गर्भनिरोधक औषधी ओपिल हरेक उमेरका महिलाले प्रयोग गर्न सक्ने एफडीएले बताएको छ ।