गौर,२५ असोज । रौतहटको सदरमुकाम गौर बजारको बिचमा अवस्थित शिवालय पोखरीमा डुंगा (मोटरबोट) संचालनमा ल्याइएको छ। पोखरीमा डुंगाको सञ्चालनले नगरको पर्यटन विकासका सघाऊ पु¥याउने हेतुले गौर नगरपालिकाले व्यावसायिक रुपमा डुंगा संचालनमा ल्याएको हो ।
एक समारोहबिच नगर प्रमुख शम्भु साह कानुले डुंगाको उद्घाटन गरे। प्रमुख साहले मोटरबोट चढेर शिवालय पोखरीको अवलोकन पनि गरे ।
गौर बजारको बिचमा रहेको शिवालय पोखरी अत्यन्त फोहोर रहेको अवस्थामा नगर प्रमुख साहले पोखरीको सरसफाइमा जोड दिएका थिए । उक्त पोखरीको मर्मत र जीर्णोद्धार पछि मोटरबोट संचालनका ल्याइएको हो ।
पोखरीको सौन्दर्यीकरण गरेपछि प्रमुख साहले स्थानीयको माग अनुसार पोखरीमा मोटरबोट संचालनमा ल्याइएको बताए ।
मोटरबोटसँगै शिवालय पोखरीमा पाइडल बोट, पार्क÷जिम र सेड पनि सोमबारदेखि नै संचालनमा आएको नगर प्रमुख साहले बताए। मोटरबोट नगरवासी तथा सदरमुकाम आउने पर्यटकहरुको लागि मनोरंजनको उपयुक्त गन्तव्य बन्ने र यसले नगरको पर्यटन विकासका टेवा पु¥याउने उनको भनाइ थियो । यो सँगै मोटरबोटको मज्जा लिन टाढा टाढा धाउनुपर्ने बाध्यताको अन्त्य भएको एक स्थानीयले बताए । भारतबाट पनि ठूलो संख्यामा मानिसहरु आउने सम्भावना रहेकाले मोटरबोटले पर्यटन विकासका सहयोग पु¥याउने नगरपालिकाले विश्वास लिएको छ । २०८० असोज २५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार