काठमाण्डौ,२५ असोज । हतियारसहित लुटपाट गर्न आएको टोलीमाथि प्रहरीले गोली चलाउँदा १ जना घाइते भएका छन्।
बिहीबार दिउँसो गोकर्णेश्वर नगरपालिका ९ स्थित जगडोलमा लुटपाट गर्न आएका ६ जनाको समूहमाथि प्रहरीले गोली चलाएको हो। प्रहरीको गोली लागेर सिन्धुली कमलामाई नगरपालिका २ का ३६ वर्षीय अमर घलान घाइते भएका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले थाहाखबरलाई जानकारी दिए।
घाइते उनलाई जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको छ। लुटपाटमा आएका अन्य दुई जना ३६ वर्षका शान्त लामा र ३० वर्षका दिपेन लामालाई नियन्त्रणमा लिइएको एसपी रेग्मीले बताए।
उनका अनुसार अन्य ३ जना फरार छन्। पक्राउ परेका तीन जनाबाट एक पेस्तोलसहित ७ राउण्ड गोली बरामद भएको छ ।