चन्द्रपुर,१ मंसिर ।
नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गरेसँगै रामजी राम डाक्टर बनेर आफ्नै जिल्लाको सरकारी अस्पतालमा आएकाछन् । उनले आफूले लाइसेन्स परीक्षामा पास भएसंगै आफ्नै जिल्लाको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा २ बर्षका लागि करारमा काम गर्न आएका हुन । रौतहटका रामजी रामले डाक्टर बन्न थुप्रै संघर्ष गरेका एक पत्र हुन ।
पैसाको अभावले उनले परीक्षा दिने अन्तिम समयसम्म पनि संघर्ष गर्नुपरेको थियो ।
उनले वीरगन्जस्थित नेसनल मेडिकल कलेजबाट एमबिबिएस पास गरेका हुन् । उनी चमार समुदायबाट डाक्टर हुने रौतहट जिल्लाकै पहिलो व्यक्ति हुन् । एमबिबिएसको परीक्षा दिन गएका बेला कलेजले उनलाई शुल्क नतिरेको भन्दै पटकपटक परीक्षा हलबाट निकालेको थियो । कलेजले उनीहरूलाई परीक्षा दिनबाट रोक लगाएपछि त्यसको सर्वत्र आलोचना भएको थियो । २०७२ सालमा सरकारले वादी, डोम, मुसहर र चमार गरी चार वटा जातिलाई पैसा तिरेर पढाउने भनेपछि उनी पनि सोही कार्यक्रम अन्तर्गत नेसनल कलेजमा भर्ना भएका थिए ।
बाउबाजेदेखि गर्दै आएको यो कामले गाउँ सफा हुन्छ र स्याबासी पाइन्छ भन्ने उनलाई लाग्थ्यो। उल्टो मानिसहरू उनलाई ’तल्लो जातको’ भनेर गिज्याउँथे। उनको मन बिझाउँथ्यो । उनलाई सडेका सिनो छुँदा त्यति घिन लागेन, जति मान्छेको व्यवहारले लाग्यो। उनी त्यसलाई न पचाउन सक्थे न प्रतिरोध गर्न ।
उनलाई यत्ति लाग्थ्यो, आफूले भोगेको विभेद छोरालाई नपरोस् ।
यसका लागि घरको आर्थिक स्थिति कमजोर भए पनि छोरालाई स्कुल पठाउने उनले हिम्मत कसे । उनले छोरा रामजी रामलाई नजिकैको प्राथमिक विद्यालयमा भर्ना गरिदिए। त्यसअघि घरमै छोराको कखरा उतारेका थिए । अरू पनि सिकाउन चाहन्थे, तर उनले जानेकै त्यत्ति थियो । दुई कक्षा पुगेपछि रामजी प्रथम भए । त्यसबापत् उनले पुरस्कार पाएनन्, बरू पिटाइ खानुपरेको उनीसंग तितो अनुभव रहेको छ ।
डाक्टर बनेपछि समाजिक संजालमा रिहो बनेका रामजीरामले चन्द्रनिगाहपुर सरकारी अस्पतालमा तराई एक्सप्रेसकर्मीसंग कुरा गर्दै भने आफ्नै जिल्लाको सरकारी अस्पतालमा दुई बर्षका लागि आएको छु,आफ्नै जिल्लावासीलाई सेव ागर्न पाँउदा धेरै खशि भएको छु । डाक्टर राम करिब एक हप्ता पहिला नेपाल सरकारको २ बर्षै करार सेवामा काम गर्नका लागि आफ्नै जिल्लाको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा आएका हुन ।