विजयपुर,४ मंसिर ।
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा व्याप्त अनियमिताको बिरोधमा सो नगरपालिकामा रहेका नेपाली काँग्रेस बाहेकका दलले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएका छन् ।
ेफतुवा बिजयपुर नगरपालिकामा भ्रष्टाचार गर्ने गराउने नियत राखेर बिना कारण केही निर्वाचित वडा अध्यक्षहरुले नगरपालिकामा तालाबन्दि गरि नगरपालिका भित्र नागरिक, सर्वसाधारण जनता, भूमी आयोग सम्बन्धि काम गराउने गरिव भूमिहिन मानिसहरु समयमा काम गराउन नदिएको काँग्रेस बाहेकका दलका प्रतीनिधिले जिल्ला प्रशासन कार्यालय रौतहटमा बुझाएको ज्ञापनपज्ञमा उल्लेख रहेको छ । नेपाल सरकारले सरुवा गरि खटाएका दरबन्दी अनुसारको ( उपसचिव प्रमुख प्रशासकिय अधिकृतलाई न.पा.को कार्यालयमा पस्न नदिने, हुलहुज्जत, अनावश्यक आधारहित नाराबाजी गरि गैरजिम्मेवार हर्कत गरेको , कार्यालय प्रमुखलाई र नगरप्रमुखलाई आ–आफ्नो कार्यकक्षमा बस्न नदिने काम गर्न नदिने, बाहिर बसेर सामाजिक सुरक्षा भत्ता निकासा पठाउन खोज्दा लेखापाल लगायत पंजिकरण शाखामा काम गर्ने केही कर्मचारीहरुलाई धाक धम्की देखाई सामाजिक सुरक्षा भत्ता निकाशा दिन रोक लगाउने काम भएको भन्दै बिभिन्न दलले आपत्ति जनाउदै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार झालाई ज्ञापनपज्ञ बुझाएका हुन । आर्थिक लेनदेन, बजेट बाँडफाडको कुरा नमिले सम्म न.पा. संचालनमा नआउने, जनता जनताबीच झगडा मारपिट गराई मुद्दा मुकदमा समेत गराउने र जनताहरुलाई एक आपसमा लडाई, धमिलो पानीमा माछा मार्ने उद्देश्य राखेको र समयमा नै सचेत हुन र कार्यालय प्रमुखलाई शान्ति सुरक्षा दिलाई सेवाग्राही समेतलाई स्थानीय सरकारबाट सुशासनको अनुभुती गराउ उनीहरुले माग राखेकाछन् ।
नेकपा एमालेका शिवपूजन यादव,नेकपा माओवादीका अजय तिमल्सिने ,चलबाबु पटेल एन.सी.पी. माओवादी ,बजती महतो (नेकपा माओवादी केन्द्र),शिवनाथ कुशवाहा एन.सी.पी. माओवादी केन्द्र, सन्तोष साह लेफ्टिनेन्ट सी.पी. एमाले ,राम एकवाल यादव वडा अध्यक्ष (एनसीपीए एमाले, बुभाइ था पैठन एकीकृत समाजवादी, विजय चौधरी जनता समाजवादी पार्टी, शैलेन्द्र साह (आम जनता पार्टी, कृष्णा साह (जनमत पार्टी) ,जोगनत्य पुरी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका हुन ।