रौतहट,१ पुस । जिल्लाको गैडाटार सव वन डिभिजन कार्यालय अन्र्तगतको वनबाट दैनिक रुपमा रातीको समयमा काठ चोरी तस्करी हुने गरेको छ । वन कर्मचारीको मिलेमतोमा रातीको समयमा आँउने गोलिया काठ चन्द्रनिगाहपुरको कप्तानटोलको बिभिन्न घरमा राखेर माग अनुसार चन्द्रनिगाहपुरमा बन्ने नयाँ घर सम्म पु¥याईने गरिएको छ । गैडाटारको राष्ट्रिय वन तथा हिलेश्वर सामुदायीक वन क्षेत्रमा रातीको समयमा काँचा सालको रुख काटेर रातीनै साईकल ,जिप मोटर साईकलमा राखेर चन्द्रनिगाहपुर सम्म ल्याइने गरिएको छ ।
टेकान टोल भन्दा माथिल्लो मटी रहेको वन अफिसका कर्मचारई मिलाएर काठ चोरी तस्करीमा संलग्न रहेकाहरुले सालको रुख काटेर बिभिन्न साईजको बनाएर चन्द्रनिगाहपुर ल्याएर बिक्रि बितरण गर्दा समेत वन कर्मचारी कानमा तेल हालेर बस्ने गरेको स्थानीयको भनाइ रहेको छ ।
चन्द्रनिगाहपुरमा बन्ने अधिकांस घरमा गैडाटारको राष्ट्रिय वन क्षेत्रमा चोर तस्करले काटेको काठ प्रयोग हुने गरेको छ । पछिल्लो समयमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको प्रमुखमा शैलेन्द्र कुमार मिश्र सरुवा भएर आएपछि रौतहटको वनमा व्यापक रुपमा हानिनोक्सानी भएको स्वयम वन कर्मचारीहरुको भनाइ रहेको छ ।
वन कर्मचारीकै मिलेमतोमा गैडाटारमा काटिएको रुखलाई फल्ली तथा कडी बनाएर चन्द्रनिगाहपुरको कप्तान टोलका बिभिन्न घरमा भण्डारण गरेर राखिएको जानकारहरुको भनाइ रहेको छ । सव वन डिभिजन कार्यालय गैडाटारमा एकै कर्मचारी बर्षउ देखी रहेका कारण चोर तस्करलाई सेटिङ मिलाउन सजिलो भएको स्थानीय बासिन्दाले बताएकाछन् । सव वन डिभिजन कार्यालयमा हालै सरुवा भएर नयाँ हाकिम गएको र सो स्थानको बिषयमा उनलाई कुनै जानकारी नभएपनि तल्लो स्तरका कर्मचारीले सेटिङ मिलाउने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।








