रौतहट,१८ पुस । डिभिजन वन कार्यालय रौतहटले वन गीसत गर्न छाडेपवछि प्रहरीले तस्करीको काठ बरामद गर्न थालेको छ ।
जिल्लाको बृन्दावन नगरपालिकामा रौतहटको वनबाट काटेर ल्याएको काँचा सालको गोलिया प्रहरीले बरामद गरेको छ । प्रहरीले बिषेश सुचनाको आधारमा मंगलबार रातीको जिल्लाको बृन्दावन न.पा.वडा नं.८ बरगजवाटोलमा परालको टाल भित्र लुकाई राखेको सालको गोलिया ५ थान बरामद गरेको हो । एक लाख बिस हजार मुल्य बराबरकोे सालको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले तराई एक्सप्रेसलाई जानकारी दिएको छ । पछिल्लो समय रौतहटमा वन कर्मचारीले गस्ति गर्न छाडेपछि वनमा चोरी तस्करी बढेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।