रौतहट,२४ पुस । बिहानैबाट लागेको बाक्लो हुस्सु र शितलहरीका कारण रौतहटको जनजिवन प्रभावित भएको छ ।
सवारी साधानलाई दिउसै बत्ति बालेर सडकमा कुदनु पर्नु अवस्था आएको छ । हुस्सु र शितहरीका कारण बिहानैबाट सर्बसाधारण घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन । चिसोका कारण रौतहटको ग्रामिण जनजिवन नराम्रोसंग प्रभावित भएको छ ।
दुई दिनबाट बढेको चिसोका कारण रौतहट सहित मधेसको जनजिवन प्रभावित भएको छ । रौतहटमा पर्ने पुर्व पश्चिम राजमार्ग र चन्द्रनिगाहपुर गौर सडक खण्डमा चल्ने सवारी साधानलाई बत्ति बालेर बिस्तारै कुदाउन निर्दैशन दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख सुशिल आर्चायले बताए ।