रौतहट,२२ फागुन । आउदो फागुन २६ गतेबाट गौरमा हुने मेयर कप क्रिकेट प्रतियोगिता सहभागी हुने चन्द्रपुरका खेलाडीलाई आज एक कार्यक्रमका बिच खेल सामाग्री वितरण गरिएको छ ।
चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले आज एक कार्यक्रमका बिच चन्द्रपुर नगरपालिका खेलाडीलाई क्रिकेट खेल सामाग्री वितरण गरेका हुन । नगर प्रमुख काफ्लेले चन्द्रपुर नगरपालिकाका खेलाडीलाई जितको अग्रिम शुभकामना सहित खेल सामाग्री वितरण गरेका थिए । खेल सामाग्री वितरण कार्यक्रममा चन्द्रपुर नगर पालिकाका प्रमुख कार्यकारी अधिकृत किरणनिधि तिवारी ,अधिकृत मिश्रीलाल साह लगाएतको सहभागिता रहेको थियो ।








